भक्तपुरमा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार २८, २०७५

भक्तपुर, असार २८ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, ६५ वर्षीया पाममाया लामा र ३४ वर्षकी सम्पदा लामा रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा अविरल वर्षापछि उनीहरु बस्दै आएको टहरामा ढिस्को खस्दा ज्यान गएको जानकारी प्रहरीले दिएको छ।