
धादिङ असार २५ । धादिङ जिल्लाका ७ सय ५९ जनालाई सरकारले द्वन्द पिडितको राहात जिल्ला पठाएको छ । नेपाली काँग्रेसको सरकारले बढाएको बृद्धाभत्तालाई बढाउन नसकिने भन्दै हाललाई बृद्धाभत्ता नबढाएको सरकारले १० वर्ष द्वन्दकालका पिडितहरुलाई राहात जिल्ला जिल्ला पठकाएको छ ।
सरकारले जनयुद्धको क्रममा धादिङमा राज्यपक्ष र विद्रोही पक्षको तर्फबाट मृत्यूभएका परिवारलाई १ लाख, वेपत्ता परिवारलाई १ लाख, विस्थापित परिवारलाई जनही १७ हजार, टुहुरा बालबालिकालाई ६० हजार, अपाङगताको श्रेणी अनुसार नगद राहात पठाएको हो ।
धादिङमा द्वन्दपिडितहरु मध्य विस्थापितको संख्या ५५८ रहेको छ । एउटै परिवारका १० जना सम्मलाई जनही १७ हजारको दरले विस्तापित राहात रकम आएको छ ।
यस्तै युद्धको क्रममा घाइते भएको संख्या ५१ जना भए पनि विशिष्ट श्रेणीका तीन जना संजुसिंह थापा मुलपानी (विद्रोही पक्षबाट), जय बहादुर न्यासुर छत्रेदेउराली (राज्यपक्ष) र किशोर मिजार गजुरी (दोहोरो भिडन्त) ले मासिक १२ हजारको दरले राहात बुझ्दै आएका छन् भने घाईते प्रथम श्रेणीमा पर्ने गजुरीका एकराज पाण्डे (विद्रोही पक्ष) ले मासिक ५ हजारको दरले राहात बुझ्दै आएका छन् ।
यस्तै द्वन्दको क्रममा टुहुरा बबुआमा दुबै वा एक गुमाएका टुहुरा बालबालिका धादिङमा ७ जना रहेका छन् उनहिरुलाई मासिक ५ हजारको दरले सरकारले राहात वितरण गर्दै आई रहेका छन् ।
नामावली सहित सम्पूर्ण जनकारीको लागि तलको लिङ्क क्लिक गरेर वा डाउनलोड गरेर पढ्न सक्नु हुनेछ ।
विस्थापितको नामावली
मृतकको नामावली
वेपत्ताको नामावली
घाइते तथा अपाङको नामावली
टुहुरा बालबालिकाको नामावली
(डाटा स्रोतः शान्ति तथा पुनर्निर्माण मन्त्रालय)
