थाइ गुफाबाट छ जना किशोरको सफल उद्धार

Avatar photo
Dhadingpost
असार २५, २०७५

एजेन्सी, असार २५ । दुईसाता देखि उत्तरी थाइल्यान्डको थाम लुआँग गुफामा फसेका १२ जना किशोर मध्ये ६ जनाको आइतवार सफल उद्धार भएको बताएका छन् ।

शुक्रवार गुफा भित्र अक्सिजन  पु¥याएर आएका एकजना पुर्व नौसैनिक तथा गोताखोर सामान गुनानको बिचैमा आफ्नै अक्सिजन सकिएको कारण मृत्यु भएको थियो । विविसिका पत्रकार ड्यान जोहन्सनले शनिवार गुफामा पुगेका डाक्टरहरुले कमजोर किशोरहरुलाई छानेर उद्धारको पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

विगत साता देखि गुफाको मुखमा ठूला संख्यामा स्वयमसेवक र पत्रकारहरुको जमघट रहँदै आएको छ । तर हिजो बिहान सवेरै उद्धार कार्य शुरु हुन लाग्दा पत्रकारहरुलाई त्यहाँबाट तल सडक तर्फ जान आदेश दिइएको थियो ।

केहि दिन अघि मात्र वेलायतबाट आएका दुइजना गोताखोरले तिनीहरु अझै जिवित रहेको फेला पारेका थिए । त्यस यता थाइ सरकारले तिनीहरुलाई आवशइक खाद्यान्न , अक्सिजन र औषधि पठाउँदै गरेको थियो ।

गुफामा पानीको उचाई बढ्न सक्ने खतरालाई मध्य नजर राख्दै हिजो उद्धारकर्ताहरुले चुनौति मोलेर तिनीहरुलाई गुफा बाट बाहिर निकाल्ने प्रयास गरेका थिए । अनुभवी गोताखोरहरुले तिनीहरुलाई गुफाको मुख तिर अघि बढ्ने तरिका सिकाइरहेका छन् ।

अहिले थाइल्यान्डमा बिना कुनै सुरक्षा योजना र तयारी यसरी फुटबल प्रशिक्षकले यसरी ति किशोरहरुलाई गुफा भित्र लानु न्यायोचित छ वा छैन भन्नेबारे सरकारी र जनस्तरमा चर्को बहश भइरहेको छ ।

उद्धार गरिएका किशोरहरुको स्वास्थअवस्था सन्तोषजनक रहेका अस्पताल सुत्रले जनाएके छ । तिनीहरुलाई उद्धार गरिए लगत्तै चियांग राइ शहर स्थित अस्पतालमा लगिएको थियो ।