धादिङमा नेपाल चेम्बर अफ कमर्स दर्ता

Avatar photo
Dhadingpost
असार २४, २०७५

धादिङ असार २४ । जिल्ला प्रशासन कार्यालय धादिङमा गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा नेपाल चेम्बर अफ कमर्स जिल्ला शाखा धादिङ दर्ता भएको छ ।

नेपाल चेम्बर अफ कमर्स जिल्ला शाखा धादिङको तदर्थ समितिको पदाधिकारीमा श्रवण कुमार त्रीपाठी उपाध्यक्ष, अशोक कुमार बस्नेत महासचिव, विनोद भण्डारी कोषाध्यक्ष रहेका छन् ।

यस्तै सदस्यहरुमा तिर्थकुमार गुभाजु, सुरज उप्रेती, रामकृष्ण सुवेदी, ठाकुर प्रसाद अधिकारी र राजकुमार श्रेष्ठ रहेका छन् ।

नेपालमा २००७ सालमा स्थापना भएको यस संस्था उद्योग वाणिज्य संघ जस्तै उद्योग व्यवसायीहरुको हकहितमा काम गर्ने धेयका साथ जिल्ला शाखाको रुपमा धादिङमा पनि केहि दिन अघि मात्र दर्ता भएको हो ।

हामीले उद्योग वाणिज्य संघ सँग प्रतिस्पर्धा गर्न नेपाल चेम्बर अफ कमर्स जिल्ला शाखा धादिङ दर्र्ता नगरेको अध्यक्ष गोविन्दकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

प्रत्येक स्थानिय तहले वार्षिक योजना तथा बजेट तर्जुमा गर्दा राजस्व परामर्श समिति बनाउनु पर्ने र उक्त समितिको सदस्यमा स्थानिय चेम्बर अफ कमर्सका प्रमुख एवम् प्रतिनीधि समेत रहनु पर्ने व्यवस्था समेत गरिएको छ ।