धादिङ असार २४ । उपचारको अभावमा दुई बर्षदेखि मधुमेहको समस्याबाट ओछ्यानमै थलिएका फुलखर्कका मोहन बहादुर अधिकारीलाई उपचारको लागी सहयोग जुट्नेक्रम जारी छ ।
धादिङपोष्ट डटकममा “फुलखर्कका मोहन उपचार खर्च नभएर २ वर्ष देखि ओछ्यानमा” शीर्षकको समाचार आएपछि उपचारका लागि सहयोग रकम जुट्न सुरुभएको हो ।
शनिबार जपानमा रहेका धादिङगेहरुले सहयोग रकम पठाएको रकम विसामीले बुझिसकेका छन् ।
जापानबाट सहयोग गर्नेहरु: लोकेन्द्र भण्डारी, गजुरी गाँउपालिका ७ किराञ्चोक रु.५०००।, प्रबिन मैनालि, बेनिघाट रोराङ् गाँउपालिका रु.३०००, दुर्गा प्रसाद आचार्य, निलकण्ठ नगरपालिका १२ साङ्कोस रु.१०००, राजेन्द्र श्रेष्ठ, ज्वालामुखि गाँउपालिका १ मैदी रु.५०००।, बिमल श्रेष्ठ, सिद्धलेक गाँउपालिका १ नलाङ रु.२०००।, रबिन्द्र बानिया, मुलपानि ९ कुपिण्डे रु.२०००।, गणेश अधिकारि गगँजमुना गाँउपालिका ५ फुलखर्क रु.२०००।, सुजाता दुवाडी २००० रुपियाँ विमल श्रेष्ठको नेर्तत्वमा संकलन भएको र उक्त रकम विरामीलाई हस्तान्तरण भै सकेको श्रेष्ठले बताए ।
यस्तै केहि दिन अगाडी युएईमा रहेका धादिङबासीहरुले पनि सहयोग संकलन गरि बिरामीलाई हस्तान्तरण गरेका थिए । व्यक्तिगत संस्थागत सहयोगहरु जारी रहेपछि गरिविका कारण उपचारबाट बच्चित महनबहादुर अधिकारीको काठमाडौ स्थित टिचिङ अस्पतालमा उपचार जारी रहेको छ ।
यी समाचारहरु पनि पढौं ।
