
धादिङबेसी असार २३ । ‘महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ राष्ट्रिय खेलकुद परिषदको ३ दिने क्षेमता अभिवृद्धि कार्यक्रम धादिङबेसीमा सुरु भएको छ ।
तालिम उद्घाटन गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयले आत्म रक्षा र हिंसा अन्त्यका लागि खेलकुदले महत्वपूर्ण भुमिका निभाउने बताएका थिए ।
राष्ट्रिपति खेलकुद महिला सहभागिता अभिवृद्धि परियोजना अन्तरगतको शनिबार देखि धादिङबेसी स्थित कवर्डहलमा भएको उक्त कार्यक्रममा कक्षा ८, ९ र १० मा पढ्ने २ सय जना विद्यार्थीहरुले सहभागिता रहेको छ ।
राष्ट्रिय खेलकुद परिषदबाट आएका कुरुदय सेल्प डिफेन्स मास्टरआर्टका दुई प्रशिक्षकहरु राजु पौडेल र यशोदा श्रेष्ठले तीन दिन सम्म सहभागि विद्यार्थीहरुलाई लैङ्गिता, यौन दुव्र्यवहार र लैङ्गिक हिंसा, खेल र विद्यार्थी जिवन विषयमा तालिम दिईने जिल्ला खेलकुद समन्वय समिति धादिङका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना, जिल्ला खेलकुद समन्वय समिति धादिङको समन्वय र नीलकण्ठ माविको व्यवस्थापनमा भएको उक्त तालिममा नीलकण्ठ, पशुपति, देउराली र बालमन्दिर माविका विद्यार्थीहरु सहभागि भएका छन् ।
जिल्लाका सबै विद्यालयबाट प्रतिनीधिमुलक तालिममा सहभागि गराउने योजना भए पनि अधिकाँश विद्यालयमा परिक्षा चलि रहेकोले केहि विद्यालयका विद्यार्थीलाई मात्र अहिले सहभागि गराईएको र आगामी कार्यक्रममा सबै विद्यालयहरुले समेटेने गरि कार्यक्रममा गरिने कार्यक्रम अनुगमन समितिका मिना ज्ञवालीले बताईन ।
