पहिरो पिडित र क्यान्सर पिडितलाई राहत संकलन सुरु

Avatar photo
Dhadingpost
असार २३, २०७५

धादिङ असार २३ । नेत्रावती डब्जोङ गाउँपालिकामा विभिन्न सामाजिक काम गर्दै आईरहेको नेत्रावती परोपकार समाजले पहिरो पिडित र क्यान्सर पिडितको लागि सहयोग संकलन अभियान सुरु गरेको छ ।

एकसात अघि अबिरल वर्षाको कारण गएको पहिरोमा परेका परिवार र मंगलादेवि माविका प्र.अ. ध्रुव अधिकारीको क्यान्सर रोगको उपचारका लागि समाजले सहयोग रकम संकलन कार्य सुरु गरेको हो ।

जीत अधिकारि १०००, टेक ब गुरुङ १०००, सुसिला पन्त १००० राजन नेपाल रु १५०० भिम थापा मगर २५०० दुर्गा पन्त ३००० बृहस्पती पन्त ३००० ले समाजको फेसबुक ग्रुपमा सहयोगको घोषणा गरेका छन् भने सहयोग रकम जुटाउने अभियानलाई प्रभावकारी ढंगले लगिएको बताईएको छ ।

यस्तै केदार नेपालले नेत्रावती परोपकार समाजको खातामा ५५५५ र समाजको अभियानको निमित्त रु ४४४४ सहयोगको घोषणा गर्दै रकम जम्मा गरेको समाजका जित अधिकारीले बताए ।

नेत्रावती डबजोङ्ग गाउँपालिका बोराङ स्थित मङगला मा वि का प्र अ ध्रुब अधिकारीको आन्द्राको क्यान्सर उपचारार्थ १० लाख भन्दाबढी लाग्ने भएपछि समाजले अधिकारी बचाउ अभियानलाई पनि जोडदिएको छ ।