काठमाडौं, असार २१ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपीं) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचमा रहेको खाडल अन्त्य हुनुपर्ने बताउनु भएको छ ।
उहाँले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औल्याउनु भयो ।
आईजीपी खनालले प्रमाणमा आधारित पोलिसिङ अहिलेको आवश्यकता भएको बताउनु भयो । अभियुक्तलाई अदालतमा पुगुञ्जेल सम्मको अधिकारलाई ध्यानमा राख्नुपर्ने भन्दै उहाँले भदौ १ देखि फौजदारी संहिता आउने र त्यो मानव अधिकार संबद्र्धन र कार्यान्वयनका लागि फड्को हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरीका हरेक काम पारदर्शी हुनुपर्ने भन्दै त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नु भयो । प्रहरीले व्यवस्थापकीय इमान्दारिता, राष्ट्रप्रतिको समर्पण र संगठनको म्यान्डेट अनुसार काम गर्न सके समाज र राष्ट्रले खोजेको जस्तो प्रहरी हुने उहाँको भनाई छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले आज राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ विषयक गोष्ठीमा बोल्दै आईजीपी खनालले नागरिक र प्रहरीको बीचमा भएको खाडको अन्त्य गर्नु पर्नै बेला आएको बताउनु भएको होे ।
