छाउगोठमा सुतिरहेकी एक किशोरीको सामूहिक बलात्कार

Avatar photo
Dhadingpost
असार २१, २०७५

काठमाडौं, असार २१ । महिनावारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी १५ वर्षीय किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको छ ।

प्रहरीका अनुसार महिनावारी भएका दुई किशोरी छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य संस्थामा किशोरीको उपचार भइरहेको छ । –नागरिक दैनिकबाट