धादिङका दुई अखिलद्वारा एसईईमा सहभागि विद्यार्थीलाई सम्मान

Avatar photo
Dhadingpost
असार २०, २०७५

धादिङ असार २० । नेकपा निकट दुई विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले धादिङबाट एसईईमा सहभागि विद्यार्थीहरुलाई आज एक विशेष कार्यक्रम गर्दै सम्मान गरेको छ ।

अनेरास्ववियु केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यता र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तामाङ विशेष आतिथ्यतामा धादिङबाट ०७४ को एसईईमा सहभागि विद्यार्थीहरुलाई धादिङबेसी स्थित मदन आश्रित स्मृति सभाहलमा भएको एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सम्मानित हुनेमा चन्द्रोदय मावि विशालटारबाट ३.९६ जिपिए ल्याउने शैलेन्द्र कडेल, धादिङ बोर्डिङबाट ३.९५ जिपिए ल्याउने अस्मिता लम्साल, न्यू किबो बोर्डिङबाट ३.९५ ल्याउने कन्चन मल्ल ठकुरी लगायत उपस्थित ३५० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

अनेरास्ववियू धादिङका संयोजक सुधिर विसुरालको सभापतित्व र अनेरास्ववियु क्रान्तिकारी धादिङका अध्यक्ष माधव छत्कुलीको संचालन रहेको कार्यक्रममा नेकपा धादिङका नेता रामबहादुर भण्डारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन नाथ नेपाल, युवा संघका केन्द्रिय सचिव रमेश आचार्य, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव पवन कार्की, अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोष रानाक्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।