बर्खा लाग्यो एउटा रोपार, लेरा भन्छन बाले ,
आजै जोतिषलाइ हात , हेरा भन्छन बाले ।
बूढो भइसकिस तैले ~अझै अटेर गरे,
पिडौलाको मासु झार्छु, तेरा भन्छन बाले।
तैले मन पराएको ~कोहि केटि भए,
लगाइहाल्नु सिंदुरको , घेरा भन्छन बाले।
गाँउमै बस्नु घरजम गरि, हामी बूढो भयौं ,
छोडी आइजो शहरको, डेरा भन्छन बाले ।
सकुन्जेल गरेकै हुँ~तिमीहरुको लागि,
हात पाउ गल्नथाले, मेरा भन्छन बाले ।

रामराजा खनाल
