सरकारी जग्गाको लालपुर्जा बनाइदिने मालपोत प्रमुखसहित १० जनालाई जेल

Avatar photo
Dhadingpost
असार २०, २०७५

काठमाडौँ, २० असार । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा बनाइदिने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो ।

विशेषका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको छ ।

मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा स्रेस्ता बनाउन सघाउने मालपोत कार्यालय संखुवासभाका प्रमुख सीताराम पौडेल र खरिदार तथा निमित्त कार्यालय प्रमुख कमलबहादुर ढुंगेललाई जनही १५ लाख २० हजार रुपैयाँ जरिवाना ठहर गरेको छ । त्यसैगरी जनही ३ महिना कैद सजाय विशेष अदालतले ठहर गरेको हो ।