काठमाडौं, असार २० । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय समितिको बैठक आज बस्दै छ ।
सोही विषयमा छलफल गर्न नेकपाले भोली स्थायी समितिको बैठक पनि बोलाएको पार्टीका प्रवक्ता नारयाणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रादेशिक, जिल्ला तथा जनवर्गीय भातृ संगठनको एकताको गाँठो फुकाउन नियमावलीलाई अन्तिम रुप दिने तयारी छ ।
पार्टीको विधान र नियमावली अभावमा तल्ला कमिटिको एकता अघि बढ्न सकेको छैन । आजको बैठकमा मार्फत तल्ला कमिटिको एकतालाई गति दिनका लागि आज नियमावलीलाई अन्तिम रुप दिने नेकपाले तयारी गरेको हो ।
