काठमाडौं, असार १९ । एकपछि अर्को गरी तस्करीका घटना बाहिर आउन थालेपछि प्रहरीलाई थप चुनौति बढेको छ ।
एकपछि अर्को गरी तस्करीका घटना बाहिर आउन थालेपछि चुनौती बढेको हो । यी दुई घटनाले प्रहरीको मुटु नै हल्लाएको छ । मुटुमात्र होइन लगातार सुन घटना बाहिर आउनथाले पछि बरामत गर्दागर्दै टाउकोसमेत दुखेको छ ।
संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका यी दुई घटनाले प्रहरी अझैं सुन तस्करी बढि रहेको देखाउँछ ।
महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्यो ।
त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्य ।
एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ । यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ। कान्तिपुरमा खबर छ ।
