बाढीमा बेपत्ता किशोर मृत फेला

Avatar photo
Dhadingpost
असार १९, २०७५

काठमाण्डौं, असार १९ । पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला परेको छ ।

सोमबार अबेरसम्म खोजी गर्दा पनि उनको पत्ता लागेको थिएन । मंगलबार बिहान स्थानीय र प्रहरीको सहयोगमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

उनको शव घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा फेला परेको हो । वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखोलाको बाढीमा बेपत्ता भएका थिए ।