धादिङ असार १८ । धादिङको बेनीघाट रोराङ्ग गाँउपालिका वडा नम्बर–४ हर्कपुरमा आइतबार पाँच वर्षिय बालकको हत्या भयो ।
साँझ ८ बजेतिर आफ्नै घरमा खेलि रहेका पाँच वर्षको आयुष सार्कीलाई आफ्नै काका सिताराम सार्कीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
सिताराम सार्की आइतबार साँझ देखि नै फरार भएकोले हत्यामा उनी संलग्न भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
