ईपीजीको बैठक काठमाडौंमा सुरु

Avatar photo
Dhadingpost
असार १५, २०७५

काठमाडौं, असार १५ । नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धिसम्झौता पुनरावलोकन गरी ईपीजीको नवौं बैठक आज काठमाडौंमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको रुप दिदै सरकारलाई बुझाउने निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै दिल्लीमा ईपीजीको आठौं बैठक बसेको थियो । असार २० मा ईपीजीको समय सिमा सकिदै छ ।

त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदान प्रदानबाट मिलिसक्नुपर्ने भएपनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक हुन लागेको हो । नेपाली पक्षको संयोजना डा भेषबहादुर थापा र भारतीय पक्षको भगत सिंह कोशीयारीले गरिरहनुभएको छ ।

यद्यपि अझै पनि प्रतिवेदनले अन्तिम रुप भने पाउन सकेको छैन । यसअघि काठमाडौंमा सम्पन्न पछिल्ला दुई बैठकमा सहभागी हुन नसकेका पुर्व राजदुत जयन्त प्रसाद समेत नवौं बैठकमा सहभागी हुन काठमाडौं आउनुभएको छ ।

उहाँकै सहभागीताका लागी भन्दै बैठक एक महिना ढिलो गरी राखिएको हो । नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय भएको हो ।