
धादिङ असार १४ । धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङ रहेका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घलेको पनि मृत्यु भएको धादिङका प्रहरी उपरिक्षक डम्बर विकले धादिङपोष्टलाई बताए ।
खनियाबास ४, चिउरीबोटमा पनि पहिरोका कारण दुई जना बेपत्ता भएका छन् । गोठमा सुतिरहेका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य समेत भइरहेको धादिङका प्रहरी उपरीक्षक विकले बताए ।
