बागमती पुलमुनि एक युवतीको शव फेला

Avatar photo
Dhadingpost
असार १३, २०७५

काठमाडौं, असार १३ । टेकुको बागमती पुलमुनि पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ ।

सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको हुनसक्छ ।

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ ।

अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ ।

शवको अझै सनाखथ हुन सकेको छैन ।

प्रहरीका अनुसार यसबारेमा अनुसन्धान हुँदैछ ।

थप विवरण आउन बाँकी ।