धादिङ असार ९ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार साँझ प्रकाशित गर्ने भएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलेका अनुसार शनिबार साँझ ४ बजे (एसईई) को नतिजा सार्वजनिक हुने भएको हो ।
धादिङ जिल्लाबाट ०७४ को माध्यमिक शिक्षा (एसईई) परीक्षामा ६ हजार ३ सय ६२ जना सहभागी भएका थिए।
गत चैत्र ८ गतेबाट सुरुभएको एसईईको परिरक्षामा धादिङबाट नियमित तर्फ ६ हजार २ सय ६० जना र एक्जामटेड तर्फ १ सय २ जना विद्यार्थीहरुले परिक्षा दिएका थिए ।
यस्तै प्राविधिक तर्फ जिल्लाभरबाट १ सय २८ जना बिद्यार्थीहरु सहभागी भएका छन् ।
देशभरका ७७ वटा जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी छन् ।
यो पनि पढ्नुस
एसइई नतिजाः अबिना भइन् धादिङ टप
