भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Avatar photo
Dhadingpost
असार ८, २०७५

रामेछाप, असार ८ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर ७० वर्षीय पासाङ तामाङको ज्यान गएको छ ।

बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत स्थानीय सरकार र किसान जागरण बेखबर बनेको भन्दै उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।