मकाउबाट प्रजुन अधिकारीको अपिल

Avatar photo
Dhadingpost
असार ८, २०७५

सबै नेपाली दाजुभाई दिदी बहिनीहरूमा मेरो नमन छ ।

सबै नेपाली जति पनि जन्मभुमिलाई छाडेर बिदेशलाई कर्म भुमि बनाएर रहनु हुने र बर्षामा च्याऊ ऊम्रे जस्तो ऊम्रिएको संघ सस्थाहरूलाई मेरो ब्याक्तिगत तर्फबाट हार्दिक नमस्कार र अभिन्नदन गर्दै सबैमा एऊटा अनुरोध गर्दछु ।

तपाई हामी जति पनि नेपाली दाजुभाई दिदी बहिनीहरू बिदेशमा रहेर सामाजिक अगुवा भएर समाजसेबी संस्थाको नाममा खादा लाएर अगाडी कुर्चीमा आसिन हुँदाको उद्धेश्य औचित्य र यसको सहि मार्गमा प्रर्दशन गरौ भन्ने मेरो भनाई हो ।
जस्तो रबि लामिछाने आङकाजी सेर्पा सिताराम कटेल माहाबिर पुन रमेश खरेल कुलमान घिसिङ लाल बाबु पंडित जनार्दन सर्मा गोकर्ण बिष्टलाई हेरौ ।
यसै बाटोलाई अंगालौ बिदेशमा संघ संस्था खेलेर खादा ओड्ने रंङिन फोटाहरूले फेसबुकको वाल भर्ने लाईक र कमेन्ट खाने मिडियामा चिनीने आफ्नो ब्याकग्राउण्ड निर्माण गर्ने देश बिदेश भ्रमण गर्ने । सामाजिक कार्यहरू गरेर बिदेशमा बस्ने नेपालीहरूको समस्यालाई सम्बन्धित निकाय सम्म पुराई समाधानको पहल गर्ने आपत बिपतमा सहयोग गर्ने देशमा बिदेशमा अलपत्र परेकोलाई सहयोग उद्दार गर्ने देशमा बिदेशी लगानि भित्राउने देश बिकासमा टेबा पुराउने बिदेशमा सिकेको ज्ञान सिप अनुभबलाई नेपालमा कार्यान्वयन गर्ने हो। बिदेशमा पार्टी गरेर खर्च गर्ने पैसा कुनै स्कुल अस्पताल बालगृहलाई सहयोग गर्ने हो भने भोली जनताले सम्मान गर्ने छ ति बालबालिका भोलिको कणधारले सम्मान मनन गर्ने छ ।

त्यसैले मेरो सबै बिदेशको कुना कुनामा छरियर रहनु भएको संघ संस्था खेलेर बसेको प्रतिनिधी समाजसेबी बुद्धिजिबी पत्रकारहरूमा मेरो ब्याक्तिगत अनुरोध सबैले आफु बहाल रहेको देशमा भएको माहाबाणिज्य दुत कुटनितिज्ञ नियोग सबै राजनितिज्ञ भातृ संगठन सबै जातिय धार्मिक सामाजिक संघ संस्थाहरूले समन्वयन गरी कसरी बिदेशमा अनियमित तरिकाबाट मानिस ओसार पसार गर्ने र बेचबिखन गर्ने बिचलित दलाल (एजेन्ट) हरूलाई नियन्त्रण गर्ने भनि छलफल गरेर कार्यान्वन गर्न हार्दिक अनुरोध ।

म नेपालमा पनि बैकल्पिक शक्ति र याहा पनि बैकल्पिक बिचार भएको मानिस भएको हुनाले अरू भन्दा भिन्न बिचार आउनु स्वभाविक हो । मैले यहाँ पनि अरूले भन्दा फरक ढंगबाट नै मेरो गतिविधि संन्चालन गरि रहेको अबगत गराउन चाहा्न्छु ।

मेरो संगठन बिस्तार ह्याक्सा बिचमा भयो नया बर्ष कार्यक्रम पोर्टास पार्कमा बैठकहरू क्रमस य्लो ( yellow) पार्क ताप्सेक पार्क यौहान पार्कमा गरि भुकम्प पिडितलाई, पार्टिलाई , बाढी पिडित मृगौला पिडित , क्यानसर पिडितलाई सहयोग गरेको अबगत गराउछु ।
रबि लामिछाने जि तपाईको कार्यक्रमलाई सारा नेपालीको तर्फबाट सेलुट छ । हिक्मत नहार्नुस नेपालको ईतिहासलाई पल्टायर हेर्ने हो भने छर्लग हुन्छ ऐना देखिन्छ । नेपालमा पहिले देखि यस्ता कार्यहरू हुदै र गर्दै आई रहेको छ । परापूर्व कालदेखि कुरा गर्ने हो भने । अयोध्याका राम र भरतलाई हेर्नुस सही सत्य कुरा गर्दा भिमसेन थापा राणा शासन बिरूद्द कुरा गर्दा चार सहिद दशरथ धर्मभक्त शुक्रराज सास्त्री गंगालाल जनताको आवाज उठाउदा मदन भण्डारी यसरी सहिद भएको नेपाली जनमानसमा प्रष्टै छ । संविधान सभाको माग गर्दै ४० सुत्रीय माग राख्दा सबै भन्दा बढि टाउकाको मोल राखेको पूर्व प्रधान मन्त्री तथा नयाँ शक्ति पार्टिका संमयोजक डा बाबुराम भट्टराईलाई हेर्ने हो भने थाहा हुन्छ । गरिब निमुखा असहाय पिडित जनताको बारेमा बुलन्द आबाज उठाउने भष्ट«चार अन्याय अत्याचारको बिरूद्द आवाज उठाई न्याय दिलाउने देश बिदेशमा अलपत्र परेको चेलीहरूको उद्दार गर्ने नेपाल सरकार र कुनै पनि संघ संस्थाहरूले गर्न नसकेको काम गर्न सक्ने जनता हो हिरो एकल रबि लामिछीनेलाई जेल हालेर मानब बेच बिखन र तस्कर भष्टाचार खुलेआम गर्नलाई छुट दिन यो सरकार तयार हो भने यसको बिरूद्द सम्पूर्ण नेपालीहरु एकजुट हुने छन् ।
संयेजक
प्रजुन कुमार अधिकारी
अन्तराष्ट्रिय नेपाली समाज मकाउ