कञ्चनपुर, असार ७ । आयोगले सेवाग्राहीबाट घुस लिदै गरेका नेपाल विद्यूत प्राधिकरणका कर्मचारी हर्कबहादुर चन्दलाई नगद पाँच हजार घुस सहित पक्राउ गरेको छ ।
सेवाग्राहीबाट घुस लिदै गरेका नेपाल विद्यूत प्राधिकरण कञ्चनपुरका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ ।
आयोगले सेवाग्राहीबाट घुस लिदै गरेका नेपाल विद्यूत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्र्तगत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई नगद पाँच हजार घुस सहित भिमदत्त नगरपालिका १२ ओदालीबाट नियन्त्रणमा लिएको हो ।
चन्दले विभिन्न बाहाना गरी सेवाग्राहीबाट घुस मागेको भन्ने उजुरीका आधारमा नगद पाँच हजार सहित उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय महेन्द्रनगर कार्यलयका प्रमुख ज्ञानेन्द्र दाहालले बताए । उनले नियन्त्रणमा लिइएको चन्दमाथी थप अनुसन्धान भइरहेको बताए ।
सेवाग्राहीले राजश्व तिरी बिजुलीको पोल अन्त सारी दिन भनि दिएको निवेदनमा चन्दले आलटाल गर्दै सेवाग्राहीबाट घुस मागेको भन्दै अख्तियारमा निवेदन आएको थियो । सोही निवेदनका आधारमा आयोगबाट खटिएका कर्मचारीले चन्दलाई पाँच हजार रुपैयाँ घुस सहित सेवाग्राहीकै घरबाट नियन्त्रणमा लिएको हो ।
