खुकुरी प्रहार गरी आफ्नै दाईले गरे भाईको हत्या

Avatar photo
Dhadingpost
असार ७, २०७५

रुकुम, असार ७ । जग्गासम्बन्धी विवादका कारण दाई रुद्रले खुकुरी प्रहार गरी भाई जोखबहादुरको हत्या गरेको छ ।

रुकुम पश्चिममा जग्गाबारे सामान्य विवाद हुँदा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।

जग्गासम्बन्धी विवादका कारण दाई रुद्रले खुकुरी प्रहार गरी भाई जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

रुकुमको ठबिसकोट नगरपालिका–१२ का ४४ वर्षीय रुद्रबहादुर पुनले भाइ ४० वर्षीय जोखबहादुर पुनको आज बिहान मामाको घरमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।