नेपाली बजारमा सुनको मूल्य चार सयले घट्यो

Avatar photo
Dhadingpost
असार ६, २०७५

काठमाडौं, असार ६ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य चार सयले घटेको छ ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

मंगलबार चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ४ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।