प्रहरीमात्र नभएर सरकारी कर्मचारी पनि अनिवार्य ५० प्रतिशत भर्नाको तयारी

Avatar photo
Dhadingpost
असार ६, २०७५

ललितपुर, असार ६ । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत महिला भर्ना गर्ने घोषणा गरेको छ ।

गत शुक्रबार प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा २ नम्बर प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने घोषणा गरेको हो ।

महिलासँग सम्बन्धित हरेक घटना प्रहरी कहाँ जाने हुँदा प्रहरी महिलाको संख्या बढी भए महिलालाई नै सजिलो हुने भन्दै प्रदेश सरकारले यो नीति लिएको यादवको भनाइ छ ।

प्रदेश मन्त्रि परिषदबाट हालै पारित प्रहरी गठनसम्बन्धी विधेयकमा ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने जनाएको छ । प्रहरी सँगसँगै प्रदेशस्तरीय निजामती सेवाको भर्नामा पनि ५० प्रतिशत महिला सिट सुरक्षित गरिने बताईएको छ ।

राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुन नसकिरहेको बेला २ नम्बर प्रदेशले महिलालाई प्रोत्साहन गर्न यो नीति लिएको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जानकारी दिए ।