काठमाडौं, असार ४। राष्ट्रियसभा सदस्य गोला प्रथाबाट कार्यकाल टुंगोमा कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ ।
प्रदेश ५ की वली नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभा सदस्य छिन् ।
त्यस्तै राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष भएको छ भने नेपाली कांग्रेस प्रमुख सचेतक सरिथा प्रसाईंको कार्यकाल दुई वर्षको भएको छ ।
राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।
यसैगरी प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वाचित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी दाङकी हुन् ।
प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।
