काठमाडौ, असार ४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पहिलो पटक अमेरिका गएका छन् ।
आइतबार साँझ संयुक्त राष्ट्र संघले न्युयोर्कमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेका हुन् ।
निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी अमेरिका प्रस्थान गर्नुअघि खनालले एआइजी दिनेशचन्द्र पोखरेललाई दिएका छन्। पोखरेललाई निमित्त आइजिपीको कार्यभार दिएको भन्दै केही डिआइजीहरूले असन्तुष्टि ब्यक्त गरेका छन् ।
उनी असार ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
संयुक्त राष्ट्र संघको कार्यालय न्युयोर्कमा हुने चिफ अफ पुलिस समिटमा नेपालको नेतृत्व गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । समिटमा विश्वभरका प्रहरी प्रमुखहरूको सहभागिता रहने छ।
