प्रचण्डलार्इ एकता ठूलो अभिशाप

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौ, असार ४ । पूर्व माओवादी केन्द्रलार्इ एमालेमा लगेर विलय गराएको आरोप खेपेका पुष्पकमल दाहाल प्रचण्डलार्इ यतिबेला एकता ठूलो अभिशाप भएको छ ।

नारायणकाजी श्रेष्ठले आफ्नो पूर्व एकताकेन्द्रको समुहलार्इ माधव नेपालको गुटमा लगेपछि पनि प्रचण्डलार्इ ठूलो घाटा पर्ने स्वत भइहाल्यो ।

‘खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छोबाउको अनुहार’ भनेजस्तै यतिबेला प्रचण्डलार्इ एकता ठूलो अभिशाप बन्न पुगेको छ । यही भएर प्रचण्डले केहीदिन अघि एक कार्यक्रममा नयाँ बैकल्पिक हेडक्वाटरको आवश्यकताबारे बोलेका थिए ।

पूर्व माओवादी केन्द्रमा रहेका उनका कयौं किचेन क्याबिनेटका मान्छेहरूले क्याम्प परिवर्तन गरेपछि प्रचण्डलार्इ ठूलो तनाव उत्पन्न भएको छ । उनका नजिकका नेताहरू नारायणकाजी श्रेष्ठ प्रकाश, जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेतले प्रचण्डको क्याम्प छोडेपछि प्रचण्डलार्इ ठूलो तनाव पैदा भएको हो ।

एमालेसँगको एकतापछि प्रचण्डको क्याम्पमा रहेका जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेतले केपी ओलीको क्याम्पमा बसाइँ सरेपछि प्रचण्ड हिजोआज रन्थनिएका छन् ।

उता नारायणकाजी श्रष्ठले पनि प्रचण्डको क्याम्प छोडेर पूर्व एमालेभित्र अर्को ठूलो क्याम्प चलाइरहेका माधव कुमार नेपालको क्याम्पमा प्रवेश गरेपछि प्रचण्डलार्इ झनै तनाव पैदा गरिदिएको छ ।

प्रचण्डलार्इ अब पदाधिकारीमा कुनै बलियो र सुरक्षित स्थान नरहेपछि उनले स्थायी समिति र तल केन्द्रीय समितिबाट नयाँ र वैकल्पिक हेडक्वाटरको कुरा गरेको हुन सक्ने अड्कल गरिएको छ ।

नारायणकाजी, जनार्दन शर्मा, शक्ति बस्नेतले आफ्नो शिविर छोडेपछि प्रचण्डको अब लगभग आधा जमिन भासिएको आंकलन गर्न थालिएको छ । जनार्दन शर्मा र शक्ति बस्नेतले पश्चिमतिरको ठूलो क्षेत्र ओलीको क्याम्पमा लगेगपछि प्रचण्डलार्इ यस्तो आपत आइलागेको हो ।