मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार ३, २०७५

चितवन, असार ३ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाँउपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा कालोपत्रे सम्पन्न भए भएपछि सवारीको गति बढी हुँदा दुर्घटना बढेका छन् ।

बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल पुलबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्दाजी २५–३० वर्षका दुईजना युवकको मृत्यु भएको छ । मृतक दुवैजनाको सनाखत हुन सकेको छैन् ।