काठमाडौ, असार १ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत ब्लड क्यान्सर पिडित बालिकाको उपचारको लागि सहयोग जुट्न थालेको छ ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर घर भएकी ८ वर्षीया बालिका सिरिषा लामिछानेलाई ब्लड क्यान्सर देखिएपछि विगत तीन हप्तादेखि उनको नियमित उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।
सिरिषा लामीछानेको उपचारमा सहज गराउन लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा खाता खोली सहयोग गर्न आग्रह गरीएको थियो ।
चार सातादेखी उपचाररत वालिकालाई मंगलवार रत्ननगरको दिग्दर्शन युवा क्लबले संकलन गरेको रु ३१, हजार १ सय ७५ हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष बालकृष्ण पोखरेल, सल्लाहकार अमृत लामिछाने, सचिब भोजराज लामिछाने तथा सदस्य दिपक लामिछाने द्वारा संयुक्त रुपमा बिरामीका बुबा नारायण लामिछानेलाइ हस्तान्तरण गरिएको छ ।
मंगलवार नै रत्ननगरको अन्नपुर्ण टोलले संंकलन गरेको रु ५० हजार हस्तान्तरण गरीएको क्लवका अध्यक्ष होम प्रसाद भट्टले जानकारी दिए ।
उनको उपचारको लागी वैदेशीक रोजगारीमा रहेका युवाहरुले पनि सहयोग गरीरहेको बिरामीका बुबा नारायण लामिछाने जानकारी दिए । मंगलवार नै साउदी अरेवियावाट अर्जुन सापकोटाको पहलमा संकलन गरीएको रु ६९ हजार ४ सय ६५ रुपैया विरामीलाई हस्तान्तरण गरीएको छ । उनलाई अहिले सहयोज जुट्ने क्रम बढीरहेको विरामीको ठुलीआमा सिता लामीछानेले वताईन् ।
रमेश सिंखडावाट २० हजार २१ रुपैया, मधुसुदन धरेलवाट ३० हजार रुपैया, हिरा रोक्का तथा सुमन सापकोटावाट –हाल अष्टे«लिया १० हजार सहयोग भएको छ । बालिकाको उपचारको लागि हालसम्म चार लाख रुपैयाँ खर्च भइसकेको र अझै कम्तीमा पनि २५ लाख रुपैयाँ खर्च हुने चिकिसत्कहरुको भनाइ रहेको छ ।
सिरिषाको उपचारको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत समेत सिरिषा लामिछाने बचाउ अभियान सुरु गरीएको छ । सिरिषाको उपचारको लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको सिरिषा लामिछानेको खाता नम्बर ००८०७३५३५६००१९, तथा बाबुको टेलिफोन नम्मर ९८०८१५९२६२ मा फोन गरी आर्थीक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

