धादिङका ब्राजिलको समर्थकद्वारा बालबालिकालाई स्टेशनरी सहयोग

Avatar photo
Dhadingpost
असार १, २०७५

धादिङ असार १ । ब्राजिल विश्वको यस्तो एक मात्र देश हो, जो एकै पटक पनि विश्व कपको मूल पर्वबाट टाढा बस्नु परेको छैन ।

सबैभन्दा ठूलो कुरा सर्वाधिक ५ पटक विश्व कप जितेको छ, यसै कारण ब्राजिलका समर्थकहरु विश्वभर नहुने कुरै भएन ।  धादिङका समर्थहरुले ब्राजिलको समर्थनको अभियानमा अनार्थ बालबालिका आश्रम पुगेर सहयोग गर्न समेत भ्याए ।

उनीहरुले आमाको माया अनाथ आश्रम रहेका बालबालिकाहरुलाई १ महिनाका लागि स्टेशनरी सामान सहयोग गरेका हुन् ।

धादिङमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन र पोर्चुगल लगायतका देशहरुको फ्यानहरु अन्य देशका भन्दा अलि बढी नै देखिने गरेका छन् ।

विश्वमा सर्वाधिक रुचाइएको विश्वकप फुटबल सुरुभैसकेको छ । पहिलो उद्घाटन खेलमा आयोजक रसियाले एशिएन देश साउदी अरबीयालाई ५–० ले पराजित गरेको थियो ।

आज शुक्रबारको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे इजिप्ट VS उरुग्वे, ८ः४५ बजे मोरोक्को VS इरान, ११ः४५ बजे पोर्चगल VS स्पेन बीच हुनेछ ।