धादिङमा माक्सवाद  अध्ययन प्रतिष्ठानको विचार गोष्ठी सम्पन्न

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७४

धादिङ कात्तिक १८ । रेडक्रस सोसाइटी धादिङका सभापति सिताराम कोइरालाको संयोजकत्वमा गठित बाम गठबन्धनको माक्सवाद अध्ययन प्रतिष्ठानले धादिङबेसीमा विचार गोष्ठी सम्पन्न छ ।

कम्युनिष्ट एकता र आशन्न निर्वाचन विषय दिएर धादिङका पुराना कम्युनिष्ट नेताहरुको उपस्थितिमा प्रतिष्ठानले विचार गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा एमालेका स्थायी समिति सदस्य तथा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधर, माओवादी केन्द्रका नेता तथा  पूर्व सभाषद पुष्पविक्रम मल्ल, धादिङ कम्युनिष्ट आन्दोलनका संस्थापक बेदनीधि अधिकारी, एमालेका नेता तथा पूर्व संसद गुरु बुर्लाकोटी, चौमका टिका बहादुर भण्डारी, भगवती नेपाल, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको आतिथ्यता रहेको थियो ।

सहभागिहरुले बाम गठबन्धन र पार्टी एकताबारे, विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलन बारे राखेको जिज्ञासाको  एमालेका गंगालाल तुलाधर र माओवादीका पुष्पविक्रम मल्लले प्रष्ट्याउनु भएको थियो ।

माक्सवाद अध्ययन प्रतिष्ठान धादिङका संयोजक कोईरालाको  संयोजकत्वमा धादिङ उद्योग वाणिज्य संघको हलमा सम्पन्न उक्त विचार गाष्ठीको संचालन राधीका सापकोटाले संचालन गर्नुभएको थियो ।