आजदेखि दशैको अग्रीम टिकट बुकिङ सुरु

Avatar photo
Dhadingpost
भदौ २७, २०७४

काठमाडौं, २७ भदौ । दशैँका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीका नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ।

अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो। सरकार र यातायात व्यवसायीबीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको हो।

बुकिङको पहिलो दिन यात्रुहरुको लाइन लागेको छ। टिकटका लागि सर्वसाधरणले कष्ट व्यहोर्नु परेको बताएका छन्।