पहिरो पिडितलाई धादिङका पत्रकारहरुको सहयोग

Avatar photo
Dhadingpost
भदौ २, २०७४

धादिङ भाद्र २ । धादिङका संचार कर्मी र मिडिया संस्थाहरुले मकवानपूण हाँडिखोलाका पहिरो पिडितहरुलाई सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सहितको टोलीले धादिङका पत्रकारहरु र संचार संस्थाबाट प्राप्त ५० हजार नगद र २१ थान त्रिपाल सहितको सामाग्री, जिल्ला रेडक्रस धादिङले उपलब्ध गराएको १३ थान हाइजेनिक किड, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण दुवाडी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरी हुमागाईको रोहवरमा हेटौडाका पत्रकार प्रताप विष्टलाई हस्तान्तरण गरेका हुन् ।

मकवानपुर मनोहरि गाउँपालिका हाडिखोलाका पहिरो पीडित सुत्केरी सम्म पुगेर राहात सामाग्री वितरण गर्न धादिङबाट मकवानपुर आएका हौं तर वर्षात कारण सम्बन्धित ठाउँसम्म पुग्न असहज भएपछि अग्रज पत्रकार प्रताप विष्टलाई राहत सामाग्री जिम्मा लगाएर फर्कनुपरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले बताए ।