धादिङबेसीमा मनोरञ्जन पूर्ण हिले जात्रा सम्पन्न

Avatar photo
Dhadingpost
साउन २५, २०७४

धादिङबेसी साउन २५ । धादिङबेसी सदरमुकाममा झिंगु नेवा समाज धादिङ पूर्ण मनोरञ्जन दिँदै हिले जात्रा सम्पन्न गरेको छ । धादिङबेसी बीचबजारमा बेलुका ४ बजेबाट सुरु गरिएको जात्रा बजार परिक्रमा गराईएको थियो ।

मंगलबार धुमधामले गाईजात्रा मनाएको झिंगु नेवा समाज धादिङले आज विगतका वर्षहरुमा भन्दा प्रविधि युक्त तवरले हाँस्य व्याङ्ग्यात्मक तरिकाले हिले जात्रा सम्पन्न गरेको हो ।

जात्रा यस जात्राको क्रममा पुरुषहरु महिलाको भेषधारण गरी धान रोपेको अभिनय गरेका थिए । प्रौढ देखि साना केटाहरु महिलाहरुको नक्ल गरी धान सडकमा धान रोपाईको व्यङ्ग्य गरेका थिए। कोही गोरु भएका थिए, कोहि क्यामरा मेन कोहि पुरुषहरु महिला मोडल बनेका थिए भने कोहि नेताको को भेषमा व्यङ्ग्य गर्दै हिलेजात्रामा सहभागि बनेका थिए । कार्यक्रममा विभिन्न हाँस्या झाकीहरु समेत देखाईएको थियो ।

हिले जात्राको फोटो

यो पनि पढ्नु होस् ।
धादिङबेसीमा गाईजात्रा, संस्कृति जोगाउँदै मनोरञ्जन