पैसा नभएको भन्दै मनमोहनले बिरामी भर्ना गर्न मानेन

Avatar photo
Dhadingpost
साउन ८, २०७४

धादिङ साउन ८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ९ रोवाङका ५२ वर्षिय वलबहादुर चेपाङलाई मनमोहन हस्पिटलले पैसा नभएको भन्दै भर्ना गर्न मानेन ।

बेनिघाट रोराङको बिकट वस्ती रोवाङ धामी झाक्रीमा विस्वास गर्ने समुदाय हुन् विरामी बलबहादुरले विगत ३ महिना देखि नियमित धामीझाँक्री लगाए अन्तिममा मुटुखराब भएको झाँक्रिले बताएपछि उनी आफै नै क्षेत्रको सभाषद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन अस्पताल शनिबार पुगे तर अस्पतालले पैसा नभएको भन्दै भर्ना नै लिन नमानेको उनी बताउँछन् ।

मनमोहनले भर्ना नलिए पछि उनी आइतबार टिचिङ अस्पताल गएका थिए । उनी मात्र होइन स्वास्थ्यको पहँचबाट टाढा रहेका उनी मात्र होइन उक्त गाउँमा बस्ने सबै धामी जाँक्रिमा उत्तिकै विश्वस गर्छन् र भन्छन्- झाँक्रीले मुटू ड्यामेज भनेको थियो तर कलेजो पुरै खराव भएको रहेछ । भर्ना त लियो तर उपचार खर्च छैन् उनले दुखेसो पोखे ।

विहान बेलुका राम्ररी खान नपाउने हामी चेपाङले कसरी उपचार गर्ने यत्तिकै मर्ने होला, चिन्ता व्यक्त गर्दै सहयोग मिल्छ भने आफुले केहि नजानेको नबुझेले सहयोग गरि दिन आग्रह समेत गरे ।