पुर्ण खोप सुनिस्चितता तसर्पुबासीको प्रतिबद्धता

Avatar photo
Dhadingpost
असार २४, २०७४

राजाराम डंगोल
धादिङ थाँक्रे, असार २४ । धादिङको थाक्रे गाउँ पालिका ४र ५ तसर्पुको स्वास्थ चौकीमा पुण खोप घषणा समारोह सम्पन्न भएको छ ।

स्थानीय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिस्चितता तसर्पु वासिको प्रतिबद्धता भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

थाक्रे गाउँपालिकाका नब निर्वाचित रामकुमार आचर्यको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला स्वास्थ कार्यलय धादिङका प्रमुख महेश्वर श्रेष्ठ रहनु भएको थियो भने बिशेष अतिथि मा थाक्रे गाउपालिका का नब निर्वाचित उपाध्यक्ष अम्बिका रुपाखेती रहनु भएको थियो ।

अतिथि हारुमा खोप अधिकृत मदुसुधन खड्का, युबराज अर्याल, सरद अर्याल विभिन्न स्वास्थ चौकीका, पाटीका, संघ संस्थाका बिधालयका प्रतिनिधि विद्यार्थी लगाएत १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।