जनमुक्ति सेनाले परेड खेल्ने लापाको मैदानमा विजयी उत्सव

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७४


सुक तामाङ
धादिङ लापा, जेष्ठ ४ ।
जनयुद्धकालमा माओवादी आधार इलाकाको रुपमा स्थिापित रुबी भ्याली गाउंपालिकामा ५ लापामा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ ।

माओवादीको आधार इलाकाको साख जोगाउँदै रुबीभ्याली ५ जिते सँगै जनमुक्ति सेनाले परेड खेल्ने ताललिम चलाउने लापा ठुलो गाउँ स्थित मैदानमा बुधबार विजय उत्सव मनाइएको छ ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका ५ लापामा धिरज तामाङले एमालेका उम्मेदवारलाई ९० भोटले पराजित गर्दै विजय भए सँगै लापा वासीले यस मैदनमा विजय उत्सव मनाएका हुन् ।

आधार क्षेत्र जितेका छौ, लापाका जनताले माआवादी केन्द्रको र विचारलाई पछ्याएका छन् । हिजो जनयुद्धमा पनि पूर्ण रुपमा यस गाउँका जनताले सहयोग गरे, धादिङको यस गाउँ रोल्पाको थवाङ भन्दा कम नरहेको माओवादी केन्द्रका एक नेताले बताए । पार्टीले जनताका लागि यत्रो उपलब्धी गर्दा पनि उपलब्धी पूर्ण जित हाँसिल गर्न नसकेको चिन्ता गर्दै लापाका वासीले माओवादी केन्द्रलाई जिताएकोमा मिम्बा तामाङले धन्यावाद दिनु भएको छ ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत रहनुभएका मिम्बाले अब आधार इलाकालाई नमुना बनाए रै छाडिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।