धादिङमा माओ दिवस मनाईयो

Avatar photo
Dhadingpost
पुस १२, २०७३

धादिङबेसी पौष १२ । धादिङबेसीमा माओवादी केन्द्रले १२४ औं माओ दिवस मनाएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विष्णुपुकार श्रेष्ठको प्रमुख आतिथ्यतामा माओ जयन्ती मनाएको हो ।

धादिङमा कम्यूनिष्ट आन्दोलका पुराना नेता मध्य पर्ने नेता विष्ण पुकार श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको विचारका विषयमा आफुनो भनाई राख्दै माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको थियो ।

उहाँले नीति र व्यवहार फरक पर्दै गएको नेपाली कम्युनिष्ट आन्दोलन स्खलित हुुने सम्भावना बढी रहेको बताउदै माओवादी केन्द्र नै माओविचार धारात्मक पार्टी भएको बताउनु भएको थियो ।

माओको चीनको हुनान प्रान्तमा सन् १८७३ डिसेम्बर २६ का दिन उहाँको जन्म भएको थियो ।