धादिङका हरि गोतामे राष्ट्रिय ब्याड मिन्टनमा छनौट

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २४, २०७३

अमृत तामाङ,
धादिङ मंसिर २४ । विभिन्न खेल विधालाई आत्मसाथ गर्दै अगाडी बढेका धादिङबेसीका हरि गोतामे राष्ट्रिय ब्याड मिन्टन प्रतियोगिताको लागि छनौट हुनु भएको छ ।

धादिङ जिल्लाबाट छनौट भई मध्यामाञ्चल प्रतियोगितामा भाग लिएका गोतामेले दोलखाका सन्तोष श्रेष्ठलाई बिहिबार हराउँदै राष्ट्रिय व्याड मिन्टन प्रतियोगितामा छनौट हुनुभएको हो ।

ललितपुरमा भएको मध्यामाञ्चलका सबै जिल्लाबाट छनौट भएका खेलाडीहरुको प्रतियोगितामा दोलखाका श्रेष्ठलाई (२१-१३, २१-१३)को सोझो सेटमा धादिङका गोतामेले श्रेष्ठलाई हराउनु भएको थियो ।

ब्याडमिन्टन सहित फुटबल, भलिबल र क्रिकेटका जिल्ला स्तरीय प्रतियोगितहरुमा समेत भाग लिदै आएका धादिङका पछिल्लो पुस्ताका गोतामे धादिङको खेल क्षेत्रका अब्बल व्यक्तित्वका रुपमा लिईन्छ ।