धादिङ असोज ६
बिहिबारको मन्त्रीपरिषद बैठकले नेपाल टेलिकमको निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।रिक्त निर्देशक पदपूर्तिका लागि संचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा बनेको सिफारिस समितिले राज भण्डारीसागै सुनिल पोखरेल र मदन खरेलको नाम सिफारिस गरेको थियो ।
नेपाल टेलिकममा रिक्त रहेको निर्देशक पदका लागि तीनजना प्रतिस्पर्दीबाट मन्त्रीपरिषदले प्रविधिक तर्फ वरिष्ठ नायव प्रबन्ध रहेकी राजभण्डारीलाई चयन गरेको हो ।
नेपाल टेलिकम दुई सातादेखि प्रबन्ध निर्देशकविहिन थियो।

