असोज ९ गते काठमाण्डौ उपत्यका बन्दको घोषणा

Avatar photo
Dhadingpost
अशोज ६, २०७३

धादिङ असोज ६

baidhya-ba

चन्दा जवर्जस्ती  असुलेको आरोपमा प्रहरीले आफ्ना नेता पक्राउ गरेको भन्दै वैद्य माओवादीले आन्दोलन गर्ने भएको छ ।पार्टी कार्यालय बुद्धनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा असोज ७ गते बिहान १० देखि ११ बजे सम्म चक्का जाम गर्ने, ८ गते दिउँसो सिठ्ठी जुलुस र ९ गते उपत्यका बन्दको कार्यक्रम गर्ने जानकारी दिएको छ ।

माओवादीले आर्थिक संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्यसहित ११ जनालाई परिचालन गरेको भए पनि जर्बजस्ती चन्दा दिन बाध्य नपारिएको दावी गरेको छ ।बुधबार काठमाडौंको बागबजारबाट जवर्जस्ती चन्दा असुलेको आरोपमा पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय संयोजक राम नेपालीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको बिरोधमा नेकपा माओवादी क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको हो ।