चट्याङ लागेर मोरङमा तीन बालकको मृत्यु

Avatar photo
Dhadingpost
अशोज ३, २०७३

धादिङ असोज ३

 

मोरङको कोसीहरैंचा नगरपालिका–१ मा सोमबार अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश, चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका ८ वर्षीय छोरा राहुल रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते बनेका तीनैजनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेलगत्तै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।चट्याङ लागेर कोसीहरैंचा–१ का उद्धव भट्टराईका १० वर्षीय छोरा रोजन र राजन भट्टराईका ११ वर्षीय छोरा अनन्त गम्भीर घाइते भएकामा दुबै बालकको प्रतिष्ठानमै उपचार भइरहेको छ ।

सबै बालक भेला भएर स्थानीय बाँस झ्याङमा खेलिरहेकाबेला चट्याङ परेको थियो । रासस