धादिङका ५३ जना सम्पर्कविहीन

Avatar photo
Dhadingpost
भदौ ११, २०८३

धादिङ । भोटेकोशीबाट आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानीय तहका थप २७ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । यसअघि धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ गएका २६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइसकेकामा थप २७ जना समेत गर्दा सम्पर्कविहीन हुनेको संख्या ५३ जना पुगेको हो ।

सार्वजनिक विवरणअनुसार धादिङका थाक्रे, गल्छी, धुनीबेँसी, सिद्धलेक, बेनीघाट रोराङ, नीलकण्ठ, रुवीभ्याली लगायतका स्थानीय तहका नागरिक सम्पर्कविहीन रहेको उल्लेख छ ।

सम्पर्कविहीनको विवरण

थाक्रे गाउँपालिका
१. राम सेढाई (सुरेश) – थाक्रे गाउँपालिका–७, जुगेखोला (चालक)
२. अर्जुन तामाङ – थाक्रे गाउँपालिका–७, रेराङ
३. राजेन्द्र तामाङ – थाक्रे गाउँपालिका–११ (डिब्बा चालक)

गल्छी गाउँपालिका
४. विनोद अधिकारी – गल्छी गाउँपालिका–८ (नेपाल प्रहरी, स्याफ्रुबेँसी प्रहरी चौकी)

धुनीबेँसी नगरपालिका
५. राजन श्रेष्ठ – धार्के, धादिङ (धुनीबेँसी)

सिद्धलेक गाउँपालिका
६. मानबहादुर श्रेष्ठ (सन्दिप) – सिद्धलेक गाउँपालिका–५, चालिसे (पर्यटक यान चालक)
७. सन्तोष श्रेष्ठ – सिद्धलेक गाउँपालिका–४ (शिक्षक, टिमुरे)

बेनीघाट रोराङ गाउँपालिका
८. जितबहादुर चेपाङ (आशिष) – बेनीघाट रोराङ–२, ताल्ती (टिमुरे)
९. विमल त्रिपाठी – बेनीघाट रोराङ–५, मासटार (बैंक कर्मचारी, टिमुरे)
१०. किशोर गाली – बेनीघाट रोराङ–४, विशालतार (प्रभु बैंक, टिमुरे)
११. टेकबहादुर घले – बेनीघाट रोराङ–१०

नीलकण्ठ नगरपालिका
१२. रामहरी खड्का – नीलकण्ठ नगरपालिका–३ (नेपाल प्रहरी, रसुवा चौकी)

रुवीभ्याली गाउँपालिका
१३. शान्तबहादुर घले – रुवीभ्याली गाउँपालिका–१, तिप्लिङ
१४. मेन्जा तामाङ – रुवीभ्याली गाउँपालिका–१, तिप्लिङ
१५. आन्द्र तामाङ – रुवीभ्याली गाउँपालिका–१, तिप्लिङ
१६. राकेश घले – रुवीभ्याली गाउँपालिका–१, तिप्लिङ
१७. मिङ्मर (बान्द्रे) थापा तामाङ – रुवीभ्याली–२, तिप्लिङ
१८. हेमन्त तामाङ – रुवीभ्याली–३
१९. प्रनिशा तामाङ – रुवीभ्याली
२०. जयलाल बि.क. – रुवीभ्याली
२१. राजु बि.क. – रुवीभ्याली–४

गल्छी गाउँपालिका
२२. सरस्वती अधिकारी, वर्ष ३५ – गजुरी–६ (त्रिशूली बस्ने)

अन्य
२३. निर्मल लामा तामाङ – धादिङ (प्रहरी सहायक हवल्दार, टिमुरे)

नीलकण्ठ–९ (एकै परिवारका ८ जना गोसाइँकुण्ड गएको उल्लेख)
२४/२५. गुणनिधि सुवेदी (सिताराम) र उनकी श्रीमती
२६/२७. रामहरी सुवेदी र उनकी श्रीमती

सार्वजनिक विवरणमा केही व्यक्तिको ठेगाना तथा परिचय संक्षिप्त रूपमा मात्र उल्लेख गरिएको छ।

यसअघि धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ गएका २६ जना सम्पर्कविहीन रहेको जानकारी आएको थियो । पछिल्लो विवरणमा विभिन्न पालिकाका थप २७ जना समेत सम्पर्कविहीन देखिएपछि संख्या ५३ पुगेको हो । तस्वीर गोरखापत्र