देवानगञ्ज घटनाः गृहमन्त्री र मृतक परिवारबीच ७ बुँदे सहमति

Avatar photo
Dhadingpost
साउन १५, २०८३

धादिङ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत साउन १० गते भएको दुःखद घटनामा ज्यान गुमाएका ओमप्रकाश महतोजयप्रकाश महतो का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ ।

साउन १४ गते भएको सहमतिअनुसार गृहमन्त्रीको उपस्थितिमा मृतक परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको हो ।

सहमतिका मुख्य बुँदाहरू

  • नेपाल सरकारबाट दुवै मृतकलाई शहीद घोषणा गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाइने ।
  • मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ नेपाल सरकारबाट उपलब्ध गराइने ।
  • साउन १० गते देवानगञ्जका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने ।
  • घटनासँग सम्बन्धित मस्जिदको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुबारे आवश्यक छानबिन तत्काल सुरु गरिने ।
  • प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने ।
  • घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने ।
  • मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिने ।

सहमतिपत्रमा मृतक परिवारका अभिभावक तथा गृहमन्त्री सुजन गुरुङले हस्ताक्षर गरेका छन् । सहमतिपछि मृतकका परिवारले आन्दोलनका कार्यक्रम स्थगित गर्ने अपेक्षा गरिएको छ ।