
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी को गङ्गाजमुना गाउँपालिकाको प्रथम अधिवेशनबाट पालिका सभापतिमा उत्तम गुरुङ चयन भएका छन् ।
अधिवेशनबाट नवगठित कार्यसमितिको उपसभापतिमा राजेन्द्र थापा, सचिवमा भिष्मराज नेपाल तथा अन्य सदस्यहरु समेत चयन भएका छन् ।
केन्द्रीय परीक्षण विभाग सदस्य डा. कृष्णमान शाक्य को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रम गाउँस्तरसम्म पुर्याउने जिम्मेवारी दिइएको बताइएको छ ।
