न्यू किबोबाट एसईईमा लगातार ४ जिपिए

Avatar photo
Dhadingpost
बैशाख ३०, २०८३

धादिङ । धादिङबेसीस्थित न्यू किबो बोर्डिङ स्कुलले एसईई परीक्षामा लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयबाट २०८० सालदेखि लगातार ४ जिपिए आउने क्रम जारी रहेको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहकार्य गर्दै आएको किबोबाट २०८० सालको एसईईमा शिल्पा श्रेष्ठले ४ जिपिए ल्याएकी थिइन् । त्यसपछि २०८१ मा समिर भण्डारी र आयुष शर्माले ४ जिपिए प्राप्त गरेका थिए भने यस वर्ष सार्वजनिक एसईई २०८२ को नतिजामा रोजिना चौलागाईँले ४ जिपिए ल्याउन सफल भएकी छन् ।

विद्यालयले यसलाई निरन्तर मेहनत, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थीको लगनशीलताको परिणाम भएको जनाएको छ ।

प्रिन्सिपल प्रयास रेग्मीका अनुसार यस वर्ष किबो बोर्डिङको नतिजाअनुसार १ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् भने १५ जनाले ३.६० देखि ३.९९ जिपिए, ८ जनाले ३.२० देखि ३.५९ जिपिए तथा ४ जनाले २.८० देखि ३.१९ जिपिए हासिल गरेका छन् ।

विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप र आधुनिक शिक्षण प्रणालीमा समेत विशेष जोड दिँदै आएको जनाएको छ ।