
धादिङ । माछा मार्ने क्रममा त्रिशुली नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–६ स्थायी घर भएका ४२ वर्षीय रामकुमार चेपाङ सिद्धलेक–४ बडहरे खोलास्थित त्रिशुली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
करिब बिहान ११ बजेको समयमा नदीमा पानीको बहाव अचानक बढेपछि उनी बगेर बेपत्ता भएको घटनास्थलबाट सन्दीप थापामगरले धादिङपोष्टलाई जानकारी दिएका छन् ।
घटनास्थलमा प्रहरी टोली पुगेर खोजी कार्य जारी राखेको भए पनि नदीको तीव्र बहावका कारण कठिनाइ भइरहेको छ । गोताखोर टोलीलाई समेत खबर गरिएको र खोजी कार्यलाई तीव्र पारिएको सुरक्षाकर्मीले बताएका छन् ।
