नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, धादिङका विष्णु थपलियाको उम्मेदवारी

Avatar photo
Dhadingpost
बैशाख २२, २०८३

धादिङ। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन आज सम्पन्न हुँदै छ ।

उक्त निर्वाचनमा धादिङका व्यवसायी विष्णु थपलियाले पनि उम्मेदवारी दिएका छन् । धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका थपलियाले महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

देशभरका ७७ जिल्लाबाट १२९ उद्योग वाणिज्य संघका अध्यक्षहरू मतदाता रहने यस निर्वाचनमा थपलियाले अध्यक्षका उम्मेदवार अन्जन कुमार श्रेष्ठको प्यानलबाट प्रतिस्पर्धा गर्दैछन् ।

यस निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।